मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
नवलपुर | कात्तिक १३, २०७९
नवलपुर : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ ।
३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी छन् ।
त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर–४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा – १ का अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् ।
त्यसैगरी स्याङजा बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा –१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

